८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

माधवकुमार नेपालका लागि एमालेको ढोका खुलेको छैनः महासचिव शंकर पोखरेल

४ माघ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा एकीकृत साजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि अहिले नै एमालेको ढोका खुला नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठन विघटन नै हुनेगरी विश्वमणि सुवेदीको नेतृत्वमा दश जना पत्रकारलाई एमालेमा स्वागत गर्दै उहाँले माधवकुमार नेपाललाई तत्काल एमालेमा स्वागत गर्न नसकिने बताउनुभयो । उहाँले पार्टी विभाजनको समयको सन्दर्भ कोट्याउँदै नेपाललाई स्वागत गर्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार १५:२५