२४ पुष २०८१, बुधबार | Thu Jan 9 2025

प्रतिशोधपूर्ण हर्कत तत्काल बन्द गर्न प्रेस काउन्सिललाई श्रमजीवी पत्रकार संघको चेतावनी

२२ पुस, काठमाडौँ । श्रमजीवी पत्रकार संघले प्रेस काउन्सिल नेपालले प्रतिशोधपूर्ण हर्कत गरेको भन्दै त्यस्तो कदम तत्काल बन्द गर्न चेतावनी दिएको छ । अातइबार काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाललाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष जन्मदेव जैशीले यस्तो चेतावनी दिनुभएको हो ।

संघले ध्यानाकर्षण–पत्र समेत बुझाएको छ । उक्त पत्रमा भनिएको छ, ‘काउन्सिलले समाचारमाथि उजुरी परेकै आधारमा कानुनी रुपमा निरुपण नगरेरै आफैं समाचार झूटो प्रमाणित गरेर हटाउन निर्देशन दिने, सरकारको टिकाटिप्पणी, भ्रष्टाचार, अनियमितता, गैरकानुनी कार्य गर्ने व्यक्ति वा संस्थाको समाचार लेख्दा प्रतिशोधपूर्ण तवरले पत्र काट्ने, कालोसूचीमा राख्ने हर्कत तत्काल बन्द गर्न यसै पत्रमार्फत हामी काउन्सिलको ध्यानाकर्षण गराउ“दै यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गर्दछौं ।’

पत्र तल हेर्न सक्नुहुन्छ

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार २२:३९