९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

निर्धन संस्थाका ३० ग्राहकका लागि उन्नत बेमौसमी तरकारी खेती तालिम

८ पुस, काठमाडाैँ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. रुपन्देही जिल्लाको महजिदिया शाखा अन्र्गतका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०८१ पौष ८ गते देखि १० गते सम्म “उन्नत बेमौसमी तरकारी खेती तालिम” दिन लागिएको छ ।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सांस्कृतिक न.पा.१० उपमेयर श्री कल्पना हरिजनज्यू र विशष्ट अतिथी निर्धन सस्थाका उपाध्यक्ष श्री जनार्दन देव पन्तज्यूले गर्नुभयो । प्रमुख अतिथी कल्पना हरिजनज्यू आफू पनि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको महजिदिया शाखाको ग्राहक  सदस्य रहेको बताउनु भयो ।

कार्यक्रममा उहाँले यस संस्थाको मुख्य उद्देश्य समुदायमा गरीबीको रेखा मुनि रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधार्नु रहेको छ भन्नुभयो । सोका लागि यस संस्थाले ग्राहकको आवश्यकता अनुसार तालिम तथा विना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको छ ।

उहाँले यस क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले यहाँका किसानहरुले मौसमी तरकारी खेती गर्दैं आएकोमा उन्नत बैमौसमी तरकारी खेती  गर्नका लागि सीप प्रदान गरी उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले ३ दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम प्रदान गर्न लागेकोमा संस्था प्रति आभार ब्यक्त गर्नु भयो  । उहाँले यस तालिममा सहभागी सदस्यहरुलाई संस्थाद्धारा प्रदान गर्न लागेको उन्नत बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो ब्यवसाय बृद्धि गर्दै आर्थिक अवस्था माथि उकास्नुका साथै आफ्नो जिविकोपार्जनमा समेत सुधार गरी सक्षम हुन सल्लाह दिनुभयो ।

त्यसै गरी कार्यक्रमका विशष्ट अतिथी  श्री जनार्दन देव पन्त ज्यूले  तालिममा उपस्थित सहभागीहरुलाई  आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउनु नै महत्वपूर्ण कुरा हो । आज शुरु गरेको सानो स्तरको व्यवसाय भोली बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्दछ ।

श्री पन्तले  कार्यक्रममा हाम्रा मेरुदण्डका रुपमा रहनु भएका सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उहाँहरुको क्षमता अनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं बृहत स्तरको व्यवसायी÷उद्यमी बनाउने उद्धेश्य अनुरुप उन्मुख भई उहाँहरुलाई आवश्यकता अनुसार सीप बिकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेका छौं भन्नुभयो  । यस तालिमबाट तपाँइहरुको व्यवसायिक क्षमता अभिबृद्धि भई उत्पादकत्व र आम्दानी बृद्धि भई आर्थिक र सामाजिक अवस्थामा सुधार हुने विश्वास गरेका छौं भन्नु भयो ।

सहभागीहरुको तर्फबाट संगीता थारुले कार्यक्रमको सभापतित्व गर्नु भयो । तालिमको उद्घाटन समारोहमा निर्धन उत्थान ल.वि.सं.लि.को महजिदिया शाखाका शाखा प्रमुख श्री राम किशोर चौधरीले स्वागत मन्तव्य राख्नु भयो । त्यसै गरी निर्धन उत्थान ल.वि.सं.लि.का क्षेत्रीय प्रबन्धक श्री आनन्द कुमार गौतमले आफ्नो मन्तव्य राख्नु भयो ।

श्री संगीता थारुले उद्घाटन कार्यक्रमको समापन गर्नुभयो । तालिममा प्रशिक्षकका रुपमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कृषि शाखा अधिकृत श्री महेन्द्र यादव र कृषि विशेषज्ञ श्री हिक्मत खत्रीद्धारा ३ दिन सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।  आयोजकका तर्फबाट निर्धन संस्थाका कार्यक्रम अधिकृत श्री मनिस रत्न कोनाजोले तालिममा सहजीकरण गर्नुहुनेछ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १७:२४