६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी

९ पुस, सुनसरी । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।

थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले चार सय ५३ मत प्राप्त गर्नुभएको महाधिवेशन आयोजनाका निर्देशक दीपक ढकालले जानकारी दिनुभयो ।

यसैगरी, कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छभने उपाध्यक्ष पदका लागि सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको छ ।

प्रकाशित मिति : December 24, 2024 at 2:21 pm