सहकारी ठगी आरोपमा चन्द्रागिरि–१२ का वडा अध्यक्ष न्हुच्छे महर्जन पक्राउ
८ पुस, काठमाडौँ । सहकारी ठगी आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जन पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १६:१८