५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पर्यटन यातायात समितिद्धारा नयाँ वर्षको स्वागतमा पोखरामा रक्तदान कार्यक्रम


१५ पुस, पोखरा । कास्कीको पोखरा महानगरपालिकामा पर्यटन यातायात समितिले रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको छ । नयाँ वर्षको स्वागतका निम्ति रक्तदान कार्यक्रम नै आयोजना गरी रगत संकलन गरिएको पर्यटन यातायात समितिका अध्यक्ष बोबरजंग गुरूङले दैनिकीलार्इ जानकारी दिए ।

पोखराको लेकसाइडमा गरिएको कार्यक्रममा ४२ जना रक्तदाताले रगत दान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकका प्रतिनिधिले ४२ जनाबाटै रगत संकलन गरेको अध्यक्ष गुरूङले बताए । समितिले विगतमा पनि ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ रगत संकलनको काम गरेको उनले बताए । उनले अंग्रेजी नयाँ वर्षको स्वागतमा सामाजिक काम गर्न पाएको भन्दै खुशी समेत प्रकट गरे ।

कार्यक्रममा टान पश्चिमाञ्जलका कोषाध्यक्ष कृष्ण आचार्यले दशाैँ पटक रक्तदान गरेको संयोजक सुरेश दाहालले जानकारी दिए । उनले समाजका विभिन्न क्षेत्रमा क्रियाशिल रहेका व्यक्तिहरूले रक्तदानमा सहभागिता जनाएको बताए ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार १२:४१