१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

क्रसर व्यवसायीसँग घुस खाँदै गर्दा कांग्रेस नेता उत्तम चाैधरी अख्तियारको टोलीबाट रंगेहात पक्राउ

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका एक जना नेता क्रसर व्यवसायीसँग घुस खाँदै गर्दा पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नेपाली कांग्रेसका एक नेतालाइ क्रसर व्यवसायीसँग खाएको दुई लाख पचास हजार घुस सहित पक्राउ गरेको हो ।

आयोगको वुटवल कार्यालयको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले कांग्रेस नेता एवं बर्दिया, राजापुर नगरपालिका वडा नं। १० का वडा सदस्य उत्तम चौधरीलाई सेवाग्राहीसँग घुस खाँदै गर्दा पक्राउ गरेको सम्पर्क कार्यालयका सूचना अधिकारी निराजन शर्माले दैनिकीलाई जानकारी दिए ।

चौधरीले क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा बर्दिया, कोठियाघाट स्थित ईच्छा होटलबाट पुस १२ गते पक्राउ गरेको हो । चौधरीलाई आयोगको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको शर्माले बताएका छन । गत स्थानीय निर्वाचनमा चाैधरी नेपाली कांग्रेसको उम्मेदवारको रूपमा वडा सदस्यका रूपमा विजयी भएका थिए ।

प्रकाशित मिति : December 30, 2018 at 11:31 am