१० जेष्ठ २०८१, बिहीबार | Fri May 24 2024

सोसाईटी अफ ट्राभल्स एण्ड टुर्स (सोट्टो) को अध्यक्षमा मधुसुदन उपाध्याय निर्विरोध


१५ पुस, काठमाडाैँ । सोसाईटी अफ ट्राभल्स एण्ड टुर्स (सोट्टो) नेपालको अध्यक्षमा मधुसुदन उपाध्याय निर्विरोध निर्वाचित भएका छन । सोट्टो–नेपालको काठमाडाैँमा शनिबार सम्पन्न ११ औं बार्षिक साधारणसभाले अपाध्यायको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । एस ट्रभल्ससका प्रबन्ध निर्देशक उपाध्याय लामो समयदेखि सोट्टोको विभिन्न पदमा रहेर काम गरेका अनुभवी व्यवसायी हुन ।

साधारणसभाबाट प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धितिय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, कोषाध्यक्षमा देवराज पराजुली, सह कोषाध्यक्षमा भुवनदेवी महर्जन सचिवमा दिनेश बस्नेत निर्विरोध निर्वाचित भएका छन ।

यस्तै सदस्यहरूमा सविन खड्का, इन्दिरादेवी गौतम, कमल बहादुर मगर, गंगाप्रसाद गिरी, आनन्दकुमार क्षेत्री, रामस्वरूप महासेठ र कमल जिसी निर्विरोध निर्वाचित भएका छन । पछिल्लो समय अन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका सोट्टो उपाध्यक्षको नेतृत्वमा अझै अाक्रमक योजनाका साथ अघि बढ्ने अनुमान गरिएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि दैनिकीसँग कुरा गर्दै अध्यक्ष उपाध्यायले विगतमा पनि रारा र खप्तड जस्ता गन्तव्यको प्रवर्द्धनमा सोट्टोले महत्वपूर्ण भूमिका खेलेको भन्दै अागामी दिनमा अान्तरिक गन्तव्यको प्रवर्द्धनमा केन्द्रीत रहने बताए । व्यवसायीक सहजताका लागि  पनि आफूले काम गर्ने बताए । व्यवसायीक समस्या समाधान गर्न आफूले सरकारी निकायसँगको समन्वय र सहजकर्ताको भूमिका निर्वाह गर्ने र भिजिट नेपाल २०२० सफल पार्न भूमिका खेल्ने बताए ।

साधरणसभाको उद्घाटनमा पुग्नु भएका राष्ट्रिय योजना अायोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, नेपाल कम्युनिष्ट पार्टीका नेता एवं अान्तरिक पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिन सफल सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल लगायतले सोट्टोले विगतमा जस्तै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार ०९:१३