१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बागलुङ कालिकामा एक महिनामा २९ लाख भेटी

५ पुस, बागलुङ । बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा रू २९ लाख बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा रू २९ लाख १२ हजार छ सय ९० आम्दानी भएकामा रू १४ लाख ३७ हजार ३९ खर्च भएको छ । मङ्सिरमा रू १४ लाख ७४ हजार छ सय ५१ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट रू १७ लाख आठ हजार छ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट रू एक लाख दुई सय ५०, कुखुराबाट सात हजार छ सय, राँगोबाट रू दुई हजार, सटर भाडा रू तीन लाख नौ हजार पाँच सय ४०, विवाहबाट रू १० हजार पाँच सय, वनभोजस्थलबाट रू एक हजार, आर्थिक सहयोग रू ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट रू छ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट रू नौ सय, पण्डितबाट रू १८ हजार चार सय आम्दानी भएको छ ।

कर्मचारीहरूको तलबमा रू चार लाख पाँच सय, बिजुलीमा रू ३५ हजार नौ सय ३०, पूर्वाधार विकासमा रू पाँच लाख २८ हजार छ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा रू ५३ हजार, विज्ञापन खर्च रू छ हजार, मेसिन तथा उपकरण रू २८ हजार, खाद्यान्न र आवासमा रू ७८ हजार, मर्मतसम्भारमा रू १७ हजार, यातायात तथा भ्रमणमा रू एक लाख तीन हजार आठ सय खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 20, 2024 at 3:42 pm