अहिले लोडसेडिङ होइन केही घण्टा जलविद्युत वितरणमा समस्या भएको हो: कुलमान घिसिङ
५ पुस, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा जमातले नै लोडसेडिङको हल्ला फैलाइएको बताए ।
अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतले उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए ।
उनले भने- ‘उद्ययोगीहरूले व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिक्यो । तर ‘तामाकोसी १० दिनमा जोडिएपछि त्यस्तो समस्या पनि हराउँछ ।’
उनले अहिले लोडसेडिङ नभएर केही आयोजनामा आएको प्राविधिक समस्याका कारण केही घण्टा जलविद्युत वितरणमा समस्या भएको समेत बताए।
प्रकाशित मिति : December 20, 2024 at 1:15 pm









