६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एकैदिन तोलामा १२०० रूपैयाँ घट्यो सुनको भाउ

२८ मंसिर, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १२०० रूपैयाँले घटेर  प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाले घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 13, 2024 at 11:04 am