२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

२७ मंसिर, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

तर,  आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले प्रसाईं तत्काल  छुट्‍ने छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि प्रसाईं पक्राउ परेका थिए ।

यधपी प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १६:५६