१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

रवि लामिछानेलाई आजै पर्सा लगिँदै

२४ मंसिर, काठमाडौँ । सानोपाइला सहकारीको बचत रकम प्रकरणको आरोपमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजै पर्सा लगिँदैछ।

आज बिहान उनलाई कास्कीबाट पर्सा लग्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ। उनी बुद्ध एयरको जहाज चढिसकेका छन्। साथै सभापति लामिछानेलाई  बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्‍याइ पुन: त्यहाँबाट बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लग्ने प्रहरीको तयारी रहेको छ।

सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।

प्रकाशित मिति : December 9, 2024 at 12:41 pm