१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

१५ मङ्सिर, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई)परियोजना स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले आफ्नो आवश्यकता र हितलाई दृष्टिगत गरी बिआरआई स्वीकार गर्नुपर्छ । नेपाल र चीनबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्छ । बिआरआईमार्फत हामीले ऋण र अनुदान लिन सक्छौँ । हामीले राष्ट्रहितमा निर्णय गर्नुपर्छ ।”

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार १३:२२