१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स

१३ मंसिर, काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । उक्त लाइसेन्स  नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले प्रदान गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले वर्ल्डलिंकलाई १० वर्षका लागि नयाँ लाइसेन्स दिएको वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डलिंकले २०५५ चैतमा लाइसेन्स कर तथा राजस्व विवादले सरकारले पुनः लाइसेन्स दिन आनाकानी गरेपछि करिब ७ महिनादेखि  वर्ल्डलिंक यत्तिकै चलेको थियो । त्यसपछि राजस्वसम्बन्धी विवादलाई लिएर वर्ल्डलिंकले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा गएको कार्तिक ३० गते अदालतले खारेज गरिदिएपछि वर्ल्डलिंकले २ अर्ब १५ करोड सरकारलाई बुझाएको छ । त्यसलगत्तै दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरणको प्रक्रिया सुरु गरेको वर्ल्डलिंकले जानकारी दिएको छ ।

नयाँ लाइसेन्स पाएसँगै वर्ल्डलिंकले विदेशी लगानी लिने बाटो खुला भएको समेत वर्ल्डलिंकले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार १२:०५