६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस दिने

११ मंसिर, काठमाडौँ । आर्थिक वर्ष २०८०–८१ को खुद मुनाफाबाट कुथेली बुखरी स्मल हाइड्रोपावरले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी १३औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : November 26, 2024 at 12:01 pm