१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

परराष्ट्रमन्त्री देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत

१० मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको हो ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदै हुनुहुन्छ । देउवा मंसिर १३ गते चीन जानुहुनेछ भने प्रधानमन्त्री ओलीले मंसिर १७ बाट पाँच दिन चीनको भ्रमण गर्ने तयारी भैरहेको छ । यद्यपी प्रधानमन्त्रीको भ्रमणको औचारिक मिति भने निर्णय भएको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार २०:४४