११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

एमसिसि साउथ अष्ट्रेलियाको बोर्डमा मञ्जु खड्का

अष्ट्रेलिया । साउथ अष्ट्रेलियामा रहेका विभिन्न समुदायिक संस्थाहरुको साझा मञ्च बहुसांस्कृतिक समुदायिक परिषद (मल्टिकल्चर कम्युनिटिज काउन्सिल, एमसिसि) साउथ अष्ट्रेलियाको साधारण सभाले मिरियम ककिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सभाले नेपाली समुदायकी अगुवा तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्कालाई परिषदको सदस्यमा  निर्विरोध चयन गरेको छ । परिषदमा लामो समय देखि स्वयंसेवकको भुमिका समेत निभाएकी खड्का परिषद अन्तर्गत महिला काउन्सिलको संस्थापक समेत रहनुभएको छ ।

                                     सदस्य मञ्जु खड्का

सदस्यमा निर्विरोध निवार्चित भए पछि प्रतिक्रिया दिदै खड्काले नेपाली समुदाय र हाम्रा संस्थाहरुलाई यहा सरकार र  अन्य समुदाय संग जोड्न आफु विगतमा जस्तै क्रियाशिल रहने बताउनुभयो ।

                                  अध्यक्ष मिरियम ककिङ

साधारण सभाले ककिङ र खड्का बाहेक उपाध्यक्षमा डा इयान हार्मस्टोर्फ, कोषाध्यक्ष सिल्भियो लाडारोला, बोर्ड सदस्यहरु गोसिया स्कल्बन, नासिर हुसेन, सुरेन एडगर, प्याट्रिजिया काडिस, रानिल्सन सान्ताना हुनुहुन्छ। भने संरक्षक मा पुर्व गभर्नर हु भ्यान लरे सी रहनु भएको छ । 

                               संसद सदस्य मीरा ईआई डन्नावी

१९० विभिन्न समुदायिक संस्थाहरु सदस्य रहेको परिषदको साधारण सभामा साउथ अष्टरेलिया सरकारको बहुसांस्कृतिक मन्त्रीको प्रतिनिधित्व समेत गरेकी संसद सदस्य मीरा ईआई डन्नावीले राज्यका विभिन्न क्षेत्रलाई सरकारले समावेशी र सास्कृतिक रुपमा सबैको सम्मानजनक बनाउने प्रयासमा परिषदले गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो ।

अध्यक्ष ककिङले परिषदले गत बर्षको कामको प्रगती विवरण पेश गर्दै संस्थाका सहयोगी तथा स्वयंसेवकहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन । यसै गरि कोषाध्यक्ष सिल्भियो लाडारोलाले गत बर्षको आर्थिक विवरण पेश गर्नु भएको थियो  ।

कार्यक्रममा क्रोसियन सहितका समुदायमा उत्कृष्ट कार्य गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।

साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग अध्यक्ष लुइसा ग्रीको सहित बिभिन्न समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १७:२३