१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य, आयुक्तमा विष्ट र भण्डारी

२३ कात्तिक, काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाली कांग्रेसका नेता डा सुरेश आचार्य नियुक्त हुनुभएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा रहेको सिफारिस समितले गरेको सिफारिसको जगमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रमुख आयुक्तमा कांग्रेस नेता आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै आयुक्तमा नेकपा एमालेका नेता गगन विष्ट र अधिवक्ता दुर्गा भण्डारी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक आचार्य नेपाल पत्रकार महासंघको पूर्व सभापति हुनुहुन्छ भने, नेकपा एमालेको प्रचार विभागको सचिव विष्ट प्रेस चौतारी नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । त्यस्तै प्रेस काउन्सिल नेपालको सदस्यबाट केही साता अघिमात्र निर्वृत्त भण्डारी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य र प्रेस चौतारी नेपालको पूर्व सचिव हुनुहुन्छ ।

सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ र नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्ष बाला अधिकारी सदस्य रहनुभएको छ । मंसिर २२ गते महेन्द्र गुरूङ नेतृत्वको पदाधिकारीको कार्यकाल सकिदैछ ।  सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि राष्ट्रिय सूचना आयोग गठनको परिकल्पना गरे अनुसार यो चौँथो पटक आयोगले नयाँ नेतृत्व पाउँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १२:०९