काठमाडौँ केन्द्रविन्दु भएर मध्यरातमा भूकम्पको धक्का
७ मंसिर, काठमाडौँ । काठमाडौँ केन्द्रविन्दुभएर मध्यरातमा भूकम्पको धक्का महशुष गरिएको छ । बिहीबार राति १० बजेर ४६ मिनेटमा भूकम्पको धक्का महशुष गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रले कीर्तिपुर केन्द्रविन्दुभएर २ दशमलब ६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । यसअघि बिहीबार नै बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमाना केन्द्रबिन्दु भएर ४ दशमलब २ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ०७:५५