१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

ग्लोवल गाइड अर्वाड २०१८ काे टप १०० मा नेपालका १२ गाइड (नेपालीकाे सूचीसहित)


–भुमराज तिवारी

६ चैत, काठमाडाैँ । अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले आफुले घुमेको गन्तव्य तथा गाइडहरुको व्यवहार, संचार सिप, ज्ञान तथा प्रस्तुतिलाई आधार मानेर प्रतिक्रियाको आधारमा टप १०० सार्वजनिक गरिएको हो ।

कुल २६ हजार ५१ जना गाइडहरु सहभागि रहेको टुरएचक्यूमा १३१४० वटा टुर को ४६८८ गन्तव्यको समिक्षा भएको थियो । यसवर्ष ग्लोवल अर्वाडमा अमेरिकाको रेड्डी विव पहिलो, तान्जानिया माउन्ट किलमन्जरोका डेनिस सायो दोश्रो र श्रीलंकाका दमिथ दिलसान (दम) तेस्रो भएका छन् ।

नेपालबाट पोखराका हेमराज वास्तोला १३ औ नम्बरमा पर्नु भएको छ । गतवर्ष पनि नेपालबाट हेमराज वास्तोला पहिलो हुनुहुन्थ्यो । नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिदै वाँस्तोलाले आफनो कायको मूल्याङकन भएको र पर्यटन क्षेत्रमा रहेर विदेशीलाई आफनो देश घुमाउन पाएकोमा खुसी लागेको बताउनु भयो ।

नेपालबाट टप १०० भित्र पर्ने अन्य गाइडहरुरुमा सुसान मानन्धर १७ औ, पारसमणि अंम्गाई ३४ औ, राजेन्द्र धमला ४५, शिव सेढाई ५१ औ, जय नारायण भण्डारी ५७ औ, अनिल मानन्धर ५८ औ, दिपक अर्याल ६९ औ, अशोक सिलवाल ७० औ, विकास श्रेष्ठ ७६ औ, सुरज गुरुङ ८१ औ, पूर्ण कार्की ९० औ स्थानमा हुनुहुन्छ । १२ जना गाइडहरुमा सुसान मानन्धर महिला गाइड हुनुहुन्छ ।

नेपालमा पर्यटक बढेसँगै पर्यटकलाई घुमाउने पेशामा संलग्न गाइडहरु बढिरहेका छन् । यो नतिजाले नेपालको पर्यटन क्षेत्र सकारात्मक दिशातिर उन्मुख भइरहेको तथा दक्ष गाइडहरु बजारमा आउन सघाउ पुग्ने ग्लोवल गाइड अर्वाडमा नेपालबाट तृतिय हुनु भएको पारसमणि अम्गाई ले बताउनु भयो ।  यो समाचार अलवेज टुरिजम डडकमसँगको सहकार्यमा तयार पारिएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १६:५४

https://srdb.com.np/