१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

छ लाख नगदसहित १३ जना पक्राउ

२९ कात्तिक, तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट रु छ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् ।

स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरुलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरुमाथि मुलुक अपराध संहिताअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 14, 2024 at 9:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/