१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत

२६ कात्तिक, धनुषा । झापाको मेचीनगरबाट सुरु भएको युवा सङ्कल्प यात्रा आज जनकपुरधाम पुगेको छ । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वकेन्द्रीय महामन्त्री भूपेन्द्रजङ्ग शाहीलगायतको समन्वयमा सुरु भएको यात्रालाई हाज यहाँ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गर्नुभयो ।

त्यस अवसरमा नेता निधिले युवा सङ्कल्प यात्राको सम्पूर्ण टोलीलाई सफलताको शुभकामना दिनुभयो । भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न ‘एजेन्डा’हरूमा केन्द्रित रहेर पूर्व–पश्चिम सङ्कल्प यात्रा सुरु गरिएको शाहीले जानकारी गराउनुभयो ।

यात्रामा ४० जनाको टोली रहेको नेविसङ्घका केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिनुभएको छ । युवा सङ्कल्प यात्रामा संविधानसभा सदस्य एवं नेविसङ्घका पूर्वकेन्द्रीय सभापति रञ्जितकुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल, शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रादेवी जोशी, राष्ट्रिय कलाकारहरू राधिका हमाल, उदिराम खड्का, सुनिल थापा, लेलिया विश्वकर्मालगायत सहभागी हुनुहुन्छ ।

सङ्कल्प यात्रा कात्तिक २३ गतेदेखि मेचीबाट सुरु भई कञ्चनपुरको महाकाली पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : November 11, 2024 at 2:43 pm