२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२५ कात्तिक, कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १७:५७