१० पुष २०८१, बुधबार | Wed Dec 25 2024

चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त

२५ कात्तिक, काठमाडौं । चीनका लागि नेपाली राजदूतमा प्रा. डा. कृष्णप्रसाद ओली नियुक्त भएका छन् ।

राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् ।

 साउन १४ मा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओलीलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १४:२२