६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

एमालेले गर्‍यो पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन गरेको छ। शनिबार एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गराएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

‘नेकपा एमाले कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन तथा सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै’ अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।’

यधपी अधिकारीलाई आरोपको अन्तिम निरुपण नहुँदासम्म र सत्य तथ्य पत्ता नलाग्दासम्म पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्यका साथै एमालेको संगठित सदस्यबाट पनि निलम्बन गरिएको अध्यक्ष खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : November 9, 2024 at 3:39 pm