२२ कार्तिक २०८१, बिहीबार | Thu Nov 7 2024

फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल

२२ कात्तिक, गण्डकी । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गर्नुभयो । गभारोले यस अघि बाली सखाप  नपारेको अनुभव उहाँले सुनाउनुभयो । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । “ फेवाफाँटमा गभारोको प्रकोप रहेछ ।समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ,”महाशाखा प्रमुख मनोहर कडरियाले रासससँग भन्नुभयो । साथै उहाँले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १०:४१