११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

क्यूएफएक्सले ‘सुपरहिट’को मान्यता दिएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट एडिलेडमा

एडिलेड । नेपाली मौलिक कथामा बनेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई नेपाली फिल्म बजारको ६० प्रतिशतभन्दा धेरै हिस्सा ओगट्ने क्यूएफएक्स चेनले गत हप्ताको कमाईको आधारमा सुपर हिट मान्यता दिएको छ ।

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा आफ्नो सन्तानको उज्ज्वल भविष्यका निम्ति अभिभावकले कुन तह सम्म संघर्ष गर्छन् ? आफ्नो पिडाहरुलाई लुकाएर छोराछोरीका लागि बाबुआमाले कतिसम्म त्याग गर्छ भन्ने देखाईएको छ ।

यहि चलचित्र नेपालमा लक्ष्मी पुजाको दिनबाट प्रदर्शन आए पनि अष्ट्रेलियाको एडिलेडको Hoyts Salisbury हलमा प्रदर्शनमा आज विहिवार साँझ तिन शो प्रदर्शन हुने Xtreme Event and Entertainment का निर्देशक राजेश अधिकारीले बताए ।

१ घण्टा ४५ मिनेटको चलचित्रमा कलाकारहरु विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङको मुख्य भुमिका रहेको छ । सरोज पौडेलको निर्देशन रहेको चलचित्रको विनोद पौडेलप्याट्रिक सुवेदी हुन् भने कथा सरोज पौडेल र पटकथा महेश दवाडीको रहेको छ । 

प्रकाशित मिति : November 7, 2024 at 8:10 am