१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कात्तिक, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : November 5, 2024 at 12:36 pm