११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ओएनएफ बेल्जियमद्धारा नगरपालिकामा निर्वाचित नेपालीमुलका सदस्यको सम्मान

ब्रसेल्स । प्रवासी नेपाली मञ्च (ओएनएफ) बेल्जियमले विजया दशमी, तिहार, नेपाल सम्वत ११४५ लगायत पर्वहरुको  अबसरमा एन्तवेरपेन शहरमा भेटघाट एबम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ  । कार्यक्रममा हालै बेल्जियमको स्थानिय नगरपालीकाहरुमा भएको निर्वाचन निर्वाचित नेपाली मुलका उमेम्दवार सुर्य ढकाललाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली दुत गेहेन्द्र राजभन्डारीले नेपाली समुदायले भाईचारा र सामाजिक एकता बढाउने कार्यक्रमहरुलाई प्राथमिकता दिएमा समाजमा शान्ति र खुशी छाउने बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथि प्रबासी नेपाली मंच युरोपका सचिब सालिकराम थपलियाले चाडपर्बको अबसर पारेर गरिने शुभकामना आदानप्रदानले प्रवासमा नेपाली समुदायलाई जोड्ने काम गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

बेल्जियमको कम्युनिष्ट पार्टी पिभिडिएका ज्वेनदरेक्तका अध्यक्ष मेइके लएर र सचिब रोनी स्तेप्पे पनि नेपाली पर्बहरुको शुभकामना दिनु भएको थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले प्रवासमा मनाइने चाडबाडले डायस्पोरालाई एकताको सुत्रमा बाढ्ने काम गरेको बताउनुभयो ।

कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, खड्क केसी, प्रेम गुरुङ, आइसिसी सदस्यहरु हरी भट्टराई र मदन दवाडी, प्रबासी नेपाली मंच बेल्जियमका पूर्व अध्यक्ष तुलसिनाथ सुबेदी, बोधराज पौडेल,पर्बत समाजबाट प्रबिना गुरुङ,नेपाली मिलन केन्द्र एन्टवेरपेनकी अध्यक्ष कान्ती अधिकारी,पसापुंचका अध्यक्ष सुर्य नारायण श्रेष्ठ, तमु समाजका अध्यक्ष होम गुरुङ,धादिङ समाजका अध्यक्ष कृष्ण न्यौपाने, सङ्रिला समाजका अध्यक्ष नारायण अधिकारी,नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवास, नेपाली जनप्रगतिशिल मंच युरोपका अध्यक्ष चित्र सुबेदी, नेपाली जनप्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, नेपाली जनसंपर्क समितिका महामन्त्री गोबिन्द सिंह अधिकारी, नेपाली जनप्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुङ, लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका सभापति एबम प्रबासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेले आस्थाका आधारमा नेपालका पार्टीको समर्थन बिरोध जे गरे पनि बिदेशमा सबै संघ संस्थाले मिलेर नेपाली समुदायको एकताको लागि काम गर्नु पर्ने बताउनुभयो 

प्रबासी नेपाली मंच बेल्जियमका उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन सचिब बुद्दी बरालले गर्नु भएको थियो । भने धन्यवाद ज्ञापन मञ्चकी निबर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशाले गर्नु भएको थियो ।

प्रकाशित मिति : October 30, 2024 at 8:53 pm