१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

दोलखा विद्यावारिधि फोरम गठन हुने

१० कात्तिक, काठमाडाैँ । दोलखा जिल्लाबाट विद्यावारिधि गरेका व्यक्तिहरुको सञ्जाल “दोलखा विद्यावारिधि फोरम” (Dolakha PhD Forum) गठन हुने भएको छ । दोलखा जिल्लाको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि ज्ञानको माध्यमबाट सहयोग पुर्याउने र विद्यावारिधि गर्दै गरेका दोलखाली शोधकर्ताहरुलाई सहयोग गर्ने फोरम गठनको उद्देश्य रहेको छ ।

फोरमले आफ्नो उद्देश्य अनुरुपको विस्तृत खाका तयारी पार्न लागेको छ । डा. सम्राट आचार्यको संयोजनमा फोरम गठनका लागि भएको भेलामा प्रा.डा. श्याम जोशी, प्रा.डा. कमल ढुंगेल, डा. विष्णुराज उप्रेती, डा. यमुना घले, डा. टीकाराम पोखरेल, डा. साकार शिवाकोटी, डा.. भीम दाहाल, डा. वासुदेव घिमिरे, डा. दिपेश खरेल, डा. अनिता श्रेष्ठ, डा. लक्ष्मी ढुंगेललगायतको उपस्थिति रहेको थियो ।

फोरमले दोलखामा जन्मी वा कर्मथलो बनाई विश्वभर रहेका विद्यावारिधि गरेकाहरुलाई सहभागी गराई हरेक तीन महिनामा भेला वैठक गर्ने र दोलखाको आर्थिक सामाजिक विकासका लागि वौद्धिक बहस चलाउने छ ।

प्रकाशित मिति : October 26, 2024 at 8:54 pm