९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

एमाले नुवाकोटका नेता वस्तीलाई पितृ शोक

९ कात्तिक, नुवाकोट । नेकपा एमालेका नेता रमेश वस्तीलाई पितृ शोक परेको छ । नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य समेत रहनुभएको तारकेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष वस्तीको ७५ वर्षीय पिता शंकरबहादुर वस्तीको शुक्रबार आफ्नै निवासमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पिताको स्वास्थ्य जटिल भएपछि बिहीबार मात्र नुवाकोट घरमा ल्याएको र शुक्रबार बिहान निधन भएको रमेश वस्तीले जानकारी दिनुभयो । स्वर्गीय वस्तीको शुक्रबार नै बुधसिंह घाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रमा नेकपा एमालेका स्थयी कमिटी सदस्य डा राजन भट्टराई  लगायत सहभागी भएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

स्वर्गीय वस्तीको श्रीमति, रमेशसहित तीन छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १५:५९