विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली
९ कार्तिक, काठमाडौँ । विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उधोगको बिहीबार राति काटिदिएको हो ।
प्राधिकरणले गत असोज २४ गते एक सुचना प्रकाशित गर्दै ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो। त्यसैक्रममा उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय पनि दिएको थियो।
यधपी बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएको थियो।
प्रकाशित मिति : October 25, 2024 at 11:35 am









