८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

रविले हिरासतमै महिना बिताउने, आज सात दिन म्याद थपियो

८ कात्तिक, कास्की । सहकारी ठगी लगायतको मुद्दामा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले प्रहरी हिरासतमा महिना कटाउने प्रारम्भिक संकेत देखिएको छ । रविका समर्थकले सडकमा प्रदर्शनको नाममा अनुसन्धान प्रक्रियामै प्रभाव पार्न थालेपछि हिरासतको समय लम्बिने भएको हो ।

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न बिहीबार अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन थुनामै राख्न अनुमति दिएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १५:२०