२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

डेमोक्रेसीले दबाबपूर्ण एक्सन त गर्न सक्छ तर फैसला गर्न सक्दैनः पूर्वमन्त्री बास्कोटा

८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले लोकतन्त्रको उपयोग गर्दै दबाबपूर्ण काम गर्न सकिने भए पनि फैसला गर्न नसक्ने बताउनुभएको छ । बिहीबार समाजिक सञ्जाल मार्फत सहकारी ठगीको मुद्दामा प्रहरी हिरसातमा रहेका रवि लामिछानेका समर्थकहरूको सडक उफ्राइतर्फ इंकित गर्दै पूर्वमन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘सत्य हुन भने पोखरातिरका खवर पनि रमाईलै रहेछन।थप पाच सात हप्ता पनि यस्तै रह्यो भने पोखराले राम्रै कमाई गर्ने भो।अरु त कानुन जाने।कानुन आकर्षित भएका विषयमा डेमोक्रेसीले दबावपुर्ण एक्सन त गर्न सक्छ तर फैसला गर्न सक्दैन।कन्पारो तताउनु न तताउनु हरेकको आफ्नै मर्जी।’

लामिछाने समर्थकहरूले न्याय प्रभावित पार्ने उद्दश्यले प्रलोभन र दबाब दुबै प्रयोग गरी केही सय मानिस पोखराको सडकाका विभिन्न चोकमा जम्मा गरेर उफार्ने काम रहेका छन । आत्महत्या दुरूत्साहनको मुद्दा भीडकै कारण प्रभावित गर्न सकिएको निष्कर्षसहित राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा उनीहरूले नाराबाजी र प्रदर्शन गर्दै आएका छन ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:००