लुम्बिनीका तीन मन्त्रीले लिए शपथ
८ कार्तिक, बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान नेपाली कांग्रेसबाट जन्मजय तिमिल्सीना, देवकरण कलवार र जनता समाजवादीबाट आदेशकुमार अग्रवाललाई मन्त्री पदमा नियुक्त गरेका हुन्।
यसै क्रममा बिहिबार नै प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो।।
नेपाली कांग्रेसबाट बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सीनाले सामाजिक विकास मन्त्रालय, नवलपरासीबाट निर्वाचित देवकरण कलवारले वन तथा वातावरण मन्त्रालय र बाँकेको निर्वाचन क्षेत्र नम्ब २ को ख बाट निर्वाचित जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन्।
प्रकाशित मिति : October 24, 2024 at 9:54 am









