६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

क्षितिजको `सुनैको दरबार–२’ सार्वजनिक

अष्ट्रेलिया। लामो समय देखी प्रवासमा रहेर नेपाली संगित क्षेत्रमा क्रियाशिल संगितकर्मी क्षितिज सापकोटाको रचना , गायक प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘सुनैको दरबार’ गीतको भाग २ सार्वजनिक भएको छ ।

जसको पहिलो भागमा अनु चौधरीको स्वरमा थारू भर्सन र सुप्रिम मल्लको स्वरमा ‘चाइल्ड भर्सन’ पनि सार्वजनिक गरिएको थियो । 

संगितकर्मी सापकोटाको शब्दमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ । गीतमा विपिन कार्की र लुनिभा तुलाधरको अभिनय रहेको छ । नरेन भट्टराईले निर्देशन गर्नुभएको भिडियोको कथा कृष्ण खड्काले लेख्नुभएको हो ।   

गीतको भिडियो संगितकर्मी, गीतकार तथा निर्माता सापकोटाको `क्षितिज सापकोटा´नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १३:०५