काठमाडौँको सितापाइलामा रोकेर राखिएको कारमा आगलागी
५ कार्तिक, काठमाडौँ । सोमबार बिहान काठमाडौँको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।उक्त कार सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१(०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
काठमाडौँ महानगरपालिका-१५ स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो ।अहिले कारमा लागेको आगो नियन्त्रणमा आइसकेको भएपनि कार पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 21, 2024 at 9:32 am









