५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

ओएनएफको सिड्नीमा शुभकामना आदान प्रदान

अष्ट्रेलिया । बिजया दशमी, दिपावली, नेपाल सम्वत ११४५, उभौली पर्वको उपल्यक्षमा प्रवासी नेपाली मञ्च(ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटीको आयोजनामा शुभकामना आदान प्रदान सम्पन्न भएको छ ।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष  रमेश पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओएनएफका अगुवा समर्थक सहित एनआरएनएन लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नेपाली मौलिक पर्वहरुले नेपालीहरुको जिवनमा खुशी र समृध्दिको कामना व्यक्त प्रवासी मञ्चका गतिविधी माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा एनएसडव्लु राज्यका लागि नेपाल सरकरका बाणिज्यदुत संजिव शर्माले प्रवासीको हितमा ओएनएफले खेलेको भुमीकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका उपाध्यक्ष  विनोद श्रेष्ठ, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशब जोशी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए सल्लाहकार दिनेश जोशी, नेकपा एमाले सल्लाहकार उमेश उपाध्याय, नेकपा एमाले कर्णालीका नेता भरत बहादुर शाही, नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य हिरा देवी पोखरेल लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

ओएनएफ एनएसडब्लुका अध्यक्ष सुर्य मोहन शर्माको अध्यक्षता, सचिब उषा किरण वारिया पोखरेलको संचालन र आर्थिक विभाग प्रमुख बिनोद खड्काको स्वागत मन्तव्यमा राखेका थिए ।

अध्यक्ष शर्माले अतिथि, सहभागी तथा सपोन्सरहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ०६:५५