४ कार्तिक २०८१, आईतवार | Sun Oct 20 2024

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालद्वारा ईन्जिनियरीङ् परीक्षाको निरीक्षण

४ कात्तिक, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आईतबार ईन्जिनियर लाईसेन्स परीक्षाको पर्यवेक्षण एवम् निरीक्षण गर्नु भएको छ । शनिबार पुलचोक ईन्जिनियरीङ् क्याम्पसमा पुगेर उहाँले जारी परीक्षाको निरीक्षण गर्नुका साथै नेपालको ईन्जिनियरीङ् क्षेत्रको अवस्थाको बारेमा छलफल पनि गर्नुभयो ।

परीक्षाको पर्यवेक्षण एवम् निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सहभागी रहनु भएको थियो । नेपाल ईन्जिनियरीङ् काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीका अनुसार यस पटक ५ हजार १ सय ५१ ईन्जिनियरले लाईसेन्सको परीक्षा दिँदैछन्

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १७:५४