मलेसिया सरकारले बढायो कामदारको तलब, अब न्यूनतम तलब १७०० रिङ्गेट
३ कार्तिक, काठमाडौँ । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ। सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब पत्येक महिना १५०० बाट बढाएर १७०० रिङ्गेट पुर्याउने घोषणा गरेको हो ।
आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाएर १७०० रिङ्गेट पुर्याउने घोषणा गरेको छ ।
पाँचभन्दा कम कामदार भएका कम्पनी अथवा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुने उनको भनाइ छ । यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुनेछ।
नेपाली श्रमिकहरूको लागि मलेसिया प्रमुख आकर्षक गन्तव्य मुलुक हो। मलेसियाले तलब बढाउँदा यसको फाइदा नेपाली श्रमिकहरूका लागि पनि हुनेछ ।
प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार १२:४५