सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी जोशी र पछाइको म्याद थपिँदै
२ कार्तिक, पोखरा । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी र लिला पछाइको म्याद थप गर्ने तयारी भएको छ। उक्त म्याद थपका लागि समय नपुगेको भन्दै प्रहरीले जिल्ला अदालत कास्कीबाट शुक्रबार थप समय अनुमति लिने तयारी गरेको हो।
पूर्वडिआइजी जोशी गोर्खा मिडियाका अध्यक्षसमेत रहेका सहकारी संचालक जिबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप थहर भएको छ भने पछाइले पनि जिबी राइसँग मिलेर ३ करोड रुपैयाँ सहकारीको पैसा आफ्नो खातामा लगेको आरोप छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माका अनुसार पूर्वडिआइजी जोशी र पछाइसँग बयान र अनुसन्धान पूरा नभएकाले म्याद थप्न गर्न लागिएको हो ।
सहकारी ठगी आरोपमा पूर्वडिआइजी जोशी असोज ६ गते पक्राउ परेका थिए । साथै पछाई भने असोज १५ गते पक्राउ परेकी थिइन्।
प्रकाशित मिति : October 18, 2024 at 12:28 pm









