१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

अपी पावरको सेयरमूल्य समायोजन

२ कात्तिक, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि अपी पावरको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले सेयरमूल्य समायोजन गर्दै अपी पावरको प्रतिकित्ता २९६.१९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३११ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ। गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले कात्तिक ११ गते काठमाडौँको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे डोकेको छ। सोही सभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउनेछन्।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्।

कम्पनीको जगेडा कोष र सेयर प्रिमियममा रहेको चुक्तापुँजीको ९.५१३५ प्रतिशतबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बाँकी रहेको ४.२५०३ प्रतिशतले हुन आउने रकम कम्पनीको जगेडा कोष वा शेयर प्रिमियममै कायम रहने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०९:५०