११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बेल्जियमको स्थानीय निर्वाचनमा दुई नेपाली मुलका उम्मेदवार विजयी

ब्रसेल्स । युरोपियन मुलुक बेल्जियममा आइतवार सम्पन्न स्थानिय निर्वाचनमा दुई जना नेपाली मुलका उम्मेदवार विजयी भएका छन् ।  नेपाली मूलका ११ जना उम्मेदवारहरू मध्ये लुभेन शहरमा समाजवादी भोअइत पार्टीबाट सूर्य ढकाल र ब्रुग्स शहरमा सिडिएनभे पार्टीबाट प्रज्ञा तिमल्सिना विजयी भएका हुन्।

नेपाली अभियन्ता तथा यस निर्वाचनका ब्रुग्स शहरमा उम्मेदवार समेत रहेका रमेश कडेलले निर्वाचन प्रक्रिया प्रत्यक्ष भन्दा अल्ली फरक मिश्रित खाल्को भएको निर्वाचनमा ११ जना नेपाली समुदायका अगुवाले उमेदवारी दिएकोमा २ जना विजयी हुनु सुखद बिषय भएको बताए ।

नेपालीहरु लुभेन, ब्रुग्स, टिनेन, एन्टवर्प, सेन्ट निकोलस ७ शहरमा उमेदवार रहेका थिए ।

करिव १५ हजार नेपालीहरु रहेको बेल्जियममा यस अगि पनि सुर्य ढकाल सहित दुई जनाले स्थानिय निकायमा प्रतिनिधित्व गरिसकेका छन् ।

अभियन्ता कडेलले आगामी दिनमा नेपाली समुदायले व्यवस्थित योजना सहित गएमा नेपालीहरुको बिजय सहज भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा नेपाली उम्मेदवार विजयी भएपछि नेपाली समुदायले बेल्जियमको राजनितिमा थप फड्को मारेको र यो एक सुखद क्षण भएको बताएका छन्।

विजयी सुर्य ढकालले मतदाता, शुभेच्छुक र सहयोगी सबैमा आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : October 14, 2024 at 5:18 pm