२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

वरिष्ठ गीतकार विश्व वल्लभको ८० वर्षको उमेरमा निधन

२३ असोज, काठमाडौँ । वरिष्ठ गीतकार विश्व वल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । एक हप्ताअघि मस्तिष्क घात भएपछि उहाँको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको थियो । रेडियो नेपालका पूर्व कार्यक्रम प्रस्तोता समेत रहनुभएको उहाँले रेडियो नेपालमा करिब तीन दशक लामो सेवा गरी २०५४ सालमा अवकाश लिनुभएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार १८:११