५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

एनआरएनए अध्यक्ष डा. केसी र नेपालका लागि अस्ट्रेलियन राजदूत बीच विशेष भेट

अष्ट्रेलिया । काठमाडौँस्थित अष्ट्रेलियाको दूतावासमा  मंगलवार गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र  राजदूत लियन जोनस्टन  तथा -मिशन प्रमुख श्री ग्रेग क्लेम बीच भेट भएको छ ।

सो अवसरमा  अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको एनआरएनए प्रवक्ता फडिन्द्र पन्तले बताएका छन् ।

यस्तै विद्यार्थीहरुको लागि प्री- डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ । यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको एनआरएनएले जनाएको छ । उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित रहेको थियो 

अध्यक्ष डा. केशीले गत सेप्टेम्वर १२ देखी झण्डै तिन साताको अष्ट्रेलिया भ्रमण गरेका थिए । अष्ट्रेलिया भ्रमणमा उठान भएका विषय बस्तुहरुलाई समेटेर अष्ट्रेलियन दुत संग छलफल गरिएको प्रवक्ता पन्तले बताए ।

प्रकाशित मिति : October 9, 2024 at 2:22 am