१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पर्थ नेपाली मन्दिरमा जमरा राखी नित्य पुजा

अष्ट्रेलिया । पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरमा बडा दशैको पहिलो दिन घटस्थापना गरि नित्य पुजा गरिदै आएको छ ।

सेन्टरले यस वर्ष खरिद गरिएको जमिनमा रहेको हलमा घटस्थापनाबाट विधि पुर्वक जमरा राखिएको  सेन्टरका सचिव भरत न्युरेले बताएका छन् । पण्डित सुधामा प्रसाद आचार्यले चण्डी तथा नव दुर्गा पाठ सहित नित्य पुजा गर्दै आएका छन् । सचिव न्युरेले आगामी शनिवार र आइतवार दुवै दिन जमरा बितरण गरिने समेत बताए । प्रवासमा विधि पुर्वक घर घरमा जमरा राख्न समस्या हुने भएकाले मन्दिरमा जमरा लिन आउन सक्ने बताए । पुजाको संयोजन सेन्टरको तर्फबाट रत्ना गौतमले गरेकी छिन ।

अष्ट्रेलियाको चौथो ठुलो शहर पर्थमा नेपाली समुदायले आफ्नै     जमिनमा रहेको संरचनालाई अस्थायी रुपमा विविध धार्मिक तथा सामाजिक कार्यहरुलाई अगाडि बढाउदै आएको छ ।

गत जुन महिनामा मुख्य पर्थ शहरबाट ३२ किलोमिटर पर आर्माडेलमा १.३८ हेक्टर जमिन खरिद गरिएको थियो । हाल उक्त जमिनमा दुई पक्कि घर र एक हल रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार १७:४८