१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

च्याम्पियन र एकताद्वारा नुवाकोटमा शैक्षिक सामाग्री हस्तान्तरण

१८ असोज, नुवाकोट । लायन्स क्लब अफ काठमाडौं च्याम्पियन र लायन्स क्लब अफ काठमाडौं एकताको संयुक्त आयाेजनामा विदुर नगर पालिका वडा नम्बर ३, खड्गभञ्ज्याङ जाेगीडाँडामा रहेको श्री चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई स्कुल पाेशाक, स्कुल व्याग, स्टेसनरी, माइक सहितको स्पिकर लगायतकाे सामाग्रीहरु हस्तान्तरण गरेको छ।

नगरपालिका भित्रकाे बिकट स्थानमा रहेको जाेगीडाँडामा लायन्स क्लबका सदस्यहरु आफ्नो सेवाभावले करिव एक घण्टा पैदल हिडेर स्कुल सामाग्री वितरण गर्न त्यस स्कुलमा पुगेका हुन्। स्कुल प्रागणमा आयाेजित एक कार्यक्रममा सामाग्री वितरण गरिएको हाे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुजेल र प्रधानाध्यापक सूर्य प्रसाद ढुङ्गेलले अतिथिहरुलाई स्वागत गर्दै स्कुलकाे नाजुक अवस्था बारे बाेल्दै स्कुलकाे शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थी संख्या बढाउन स्थानियहरुलाई सहयोग गर्न अपिल समेत गर्नुभयाे।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट काेर्डिनेटर अनुज कुमार श्रेष्ठले “जहाँ आवश्यकता, त्यहाँ लायन्स” काे अवधारणा अनुसार कमजोर आर्थिक अवस्था भएका बस्तीमा रहेकाे स्कुल भएको कारण सहयोगकाे लागि यहाँ लायन्स आइपुगेको र अब स्कुलको समग्र विकासकाे निम्ति निरन्तर सेवामा जुट्ने कुरा बताउनुभयाे। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं च्याम्पियनका प्रेसिडेन्ट सुमन जर्घा मगर, त्यसै क्लबका सेकेण्ड भाइस प्रेसिडेन्ट अर्जुन रिमाल, लायन्स क्लब अफ काठमाडौं एकताका प्रेसिडेन्ट प्रतिमा रावलले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा डिस्ट्रिक्ट क्याविनेट अफिसर डिजी क्लब भिजिट चियरपर्सन दिपक बावु थापा र जाेन चियरपर्सन कृष्ण बहादुर रिमालकाे उपस्थिति थियो । उक्त कार्यक्रममा विद्यालयका अभिभावकहर र स्थानीयहरुकाे स्वास्थ्य परीक्षण गरि ओैषधी वितरण समेत गरिएको लायन्स क्लब अफ काठमाडौं एकताका प्रथम उपाध्यक्ष सम्झना पन्तले जानकारी दिनु भयाे। जनस्वास्थ्य कर्मी समेत रहेका उपाध्यक्ष पन्तले त्यस क्षेत्रमा विकटताका कारण धेरै जनता नियमित उपचारबाट बञ्चित रहेकाे महसुस भएकोले छिट्टै पुनः बृहत स्वास्थ्य शिविर सहित आफू आउने प्रतिबद्धता जनाउनु भयाे।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १९:४५