१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

चितवन पत्रकार समाज पुनर्गठन, अध्यक्षमा सापकोटा र महासचिवमा अर्याल

१८ असोज, काठमाडाैँ । चितवन स्थायी ठेगाना भएका तर काठमाडाैँ उपत्यकामा बसेर पत्रकारितामा क्रियाशिल भएकाहरूको भेलाले चितवन पत्रकार समाजको पुनर्गठन गरेको छ । शुक्रबार काठमाडाैँ भएको भेलाले नेपाल टेलिभिजनमा कार्यरत देवीप्रसाद सापकोटाको अध्यक्षतामा समाजको पुनर्गठन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामहरि सिलवाल, हरि घिमिरे र मीना शर्मा चयन हुनुभएको छ । यस्तै समाजको महासचिवमा नकुल अर्याल, सचिवमा कृष्णा पौडेल र कोषाध्यक्षमा ज्योति अधिकारी चयन हुनुभएको छ । यस्तै समाजको सदस्यहरूमा दीपकबाबु अर्याल, लोकबहादुर चापागाईं, उपासना घिमिरे, लक्ष्मी भण्डारी, तिलक पौडेल चयन हुनुभएको छ।

समाजको सल्लाहकारमा सोमनाथ घिमिरे, युवराज घिमिरे र तारानाथ पौडेल चयन हुनुभएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १९:३२