१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

१८ असोज, काठमाडौँ । यातायात व्यवस्था विभागले नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर सहितका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

विभागले एक सूचना जारी गर्दै ‘ट्रेलर लगायतका ठूला सवारी साधन घटस्थापनादेखि पूर्णिमासम्म सञ्चालन गर्न रोक लगाउने’ उल्लेख गरिएको छ। तर खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका सवारी साधन भने चल्न दिने विभागले जनाएको छ ।

आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयातरनिर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडकमा कानुनबमोजिम आवतजावतमा रोक नलगाउने निर्णय भएको छ।

दसैंका बेला काठमाडौं भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको विभागले सुचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति : October 4, 2024 at 12:29 pm